+
+
Shares

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी’ शुक्रबारदेखि

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १ सयभन्दा बढी स्टल रहनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १४:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ४ पुसदेखि काठमाडौंको भृकुटीमण्डपमा ११औं नेपाल उड इन्टरनेसनल एक्स्पो र १०औं नेपाल इन्टेरियर एन्ड फर्निचर एक्स्पो सुरु हुने भएको छ।
  • प्रदर्शनीमा १ सयभन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्डका स्टल रहनेछन् र नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी गराइने छ।
  • नेपाल हस्तकला महासंघ लगायत पाँच सहयोगी संस्थाले प्रदर्शनीलाई सहयोग गर्ने र दुई दिने सम्मेलन तथा गोष्ठी पनि आयोजना गरिने छ।

२ पुस, काठमाडौं । नेपालमा काठ, इन्टेरियर र फर्निचर उद्योगको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने उद्देश्यसाथ ‘११औं नेपाल उड इन्टरनेसनल एक्स्पो’ तथा ‘नेपाल इन्टेरियर एन्ड फर्निचर एक्स्पो’ को दसौँ संस्करण ४ पुसदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजना गर्दै आएको यो बृहत अन्तर्राष्ट्रिय प्रदर्शनी ४, ५ र ६ पुससम्म चल्ने छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १ सयभन्दा बढी स्टल रहनेछन् । यसमा फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सबडिलर र विक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादन तथा नयाँ प्रविधिबारे जानकारी गराउनेछन् ।

१० वर्षदेखि हुँदै आएको यो प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चापदार्थ र उत्पादनको उल्लेखनीय सहभागिता रहने छ ।

आयोजकका अनुसार यस प्रदर्शनीले संसारभरिका ख्यातिप्राप्त कम्पनी तथा ब्रान्डका अत्याधुनिक वस्तु तथा प्रविधिलाई नेपाली बजारमा भित्र्याउन र स्वदेशी उद्योगमा प्रयोग गराउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

यसले सानादेखि ठूला उद्योगसम्मलाई आफ्ना मेसिनलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।

प्रदर्शनी सफल बनाउन नेपाल हस्तकला महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल वनपैदावार उद्योग व्यवसायी महासंघ, नेपाल प्लाइउड उत्पादक संघ, तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपालले सहयोगी संस्थाको भूमिका निर्वाह गर्नेछन् ।

प्रदर्शनी अवधिभरि इन्टेरियर डिजाइनर एसोसिएन नेपालका विज्ञहरूद्वारा नवीनतम प्रविधि, इन्टेरियर डिजाइन, फर्निचर लगायत शीर्षकमा २ दिने सम्मेलन तथा गोष्ठी पनि आयोजना गरिने छ ।

यो प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउनुका साथै नयाँ प्रविधिका सामान भित्र्याउन र विदेशमा सफलतापूर्वक प्रयोग भएका प्रविधिलाई नेपाली बजारमा सहजै उपलब्ध गराउन माध्यमका रूपमा काम गर्ने अपेक्षा छ ।

यस प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकका साथै नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरको सहभागिता रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?