+
+
Shares

बुटवलमा नवौँ जिल्लास्तरीय स्नुकरको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३ गते १८:११

२२ मंसिर, बुटवल । नेपाल बिलियर्ड्स पुल तथा स्नूकर संघ रुपन्देहीको आयोजनामा पुस दोस्रो सातादेखि बुटवलमा नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता हुने भएको छ ।

बुटवलस्थित खस्यौली स्नूकर क्लबमा पुस १४ गते देखि एक हप्तासम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी जानकारी गराएको हो ।

प्रतियोगितामा रुपन्देही जिल्लाका १ सय २८ जना खेलाडीहरुबिच प्रतिस्पर्धा हुने संघका अध्यक्ष सुजन पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा हाइएस्ट स्कोररले २० हजार,उदियमान खेलाडी र अनुसासित खेलाडीले ५/५ हजार र स्नूकर स्टीक प्राप्त गर्ने छन् । स्नूकरको जिल्लास्तरीय प्रतियोगिताको विजेताले पाउने यो राशी हालसम्मकै सर्वाधिक भएको अध्यक्ष पुनले बताए ।

१५ लाख रुपैयां खर्च अनुमान गरिएको प्रतियोगितालाई बुटवल उपमहानगरपालिकाको मुख्य आर्थिक सहयोग हुने संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न ५ वटा उपसमिति गठन गरेर तयारी अघि बढाइएको क्षेत्रीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नगर खेलकुद विकास समिति संयोजक बोनिन पियाले रुपन्देही जिल्ला स्नुकर खेलको हबको रुपमा विकास भएको उल्लेख गर्दै हरेक वर्ष प्रतियोगिता हुंदा खेलाडीलाई प्रोत्साहन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?