+
+
Shares

तोलामा २ हजार घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ थियो र गत सोमबार २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
  • चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ५ रुपैयाँमा झरेको छ भने अघिल्लो दिन ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

४ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?