News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मकै बोडीको भाउ शुक्रबार न्यूनतम ६५ देखि अधिकतम ७५ रुपैयाँ पुगेको छ।
- मटरकोसाको भाउ पनि शुक्रबार बढेर न्यूनतम १ सय १० देखि अधिकतम १ सय ३० रुपैयाँ कायम भएको छ।
- बिहीबार मकै बोडी र मटरकोसाको औसत भाउ क्रमशः ६५ र १ सय १५ रुपैयाँ थियो।
४ पुस, काठमाडौं । बजारमा मकै बोडी र मटरकोसाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार बजारमा यी तरकारीको भाउ बढेको देखाएको हो ।
आज शुक्रबार मकै बोडी प्रतिकिलो थोकमा न्यूनतम ६५ देखि अधिकतम ७५ र औसत ७० मा किनबेच भइरहेको छ । हिजो बिहीबार भने मकै बोडी प्रतिकिलो न्यूनतम ६० देखि अधिकतम ७० र औसत ६५ रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै आज मटरकोसाको भाउ पनि बढेको छ । हिजो बिहीबार मटरकोसा प्रतिकिलो थोकमा न्यूनतम १ सय १० देखि अधिकतम १ सय २० र औसत १ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।
आज भने मटरकोसाको प्रतिकिलो भाउ न्यूनतम १ सय १० देखि अधिकतम १ सय ३० र औसत १ सय २० रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4