News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ स्थित पनाह खोलामा फेला परेको शव ३४ वर्षीय मनोज पोखरेलको भएको पुष्टि भएको छ।
- मनोज पोखरेल मंसिर १४ गतेदेखि बेपत्ता थिए र उनी बौद्धिक अपाङ्गता भएका व्यक्ति थिए।
- शवको सनाखत मृतकका बुबा कृष्णप्रसाद पोखरेलले गरेका छन् र पोस्टमार्टम प्रक्रिया जिल्ला अस्पताल तम्घासमा भइरहेको छ।
४ पुस, गुल्मी । गत मंसिर २० गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ स्थित पनाह खोलामा फेला परेको बेवारिसे शवको पहिचान भएको छ।
मृत फेला परेका गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका–१ निवासी ३४ वर्षीय मनोज पोखरेलको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी) गंगाबहादुर सारुले बताए ।
मृतकका बुबा कृष्णप्रसाद पोखरेलले शुक्रबार बिहान शवको सनाखत गरेको प्रहरीले जनाएको छ । प्राप्त जानकारीअनुसार मनोज पोखरेल मंसिर १४ गतेदेखि घरबाट बेपत्ता भएका थिए।
उनी केही मात्रामा बौद्धिक अपाङ्गता रहेको व्यक्ति भएको खुल्न आएको छ । जिल्ला अस्पताल तम्घास, गुल्मीमा राखिएको शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4