+
+
Shares

गायिका सत्यकला राई रास्वपामा, ‍समानुपातिक सूचीमा नाम

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टीको सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।
  • राईले अमेरिकामा रहेकी बेला रास्वपामा उम्मेदवारको सूचीमा परेको जानकारी दिइन् र जनवरी २ मा नेपाल फर्किएर थप छलफल गर्ने बताइन्।
  • रास्वपाले पुस ५ गते प्रारम्भिक सूचीका उम्मेदवारहरूसँग छलफल गर्नेछ, तर राई छलफलमा सहभागी नहुने जानकारी दिइएको छ।

४ पुस, विराटनगर । ‘तिमीलाई हङकङ पुर्‍यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन् ।

खोटाङबाट उनको नाम आदिवासी जनजाति सूचीमा सिफारिस भएको छ । उनी चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन् ।

सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा रहेकी राईले रास्वपामा सामानुपातिक उम्मेदवारकाे प्रारम्भिक सूचीमा परेकाे जानकारी दिइन् ।

निर्वाचित भएर काम गर्ने इच्छा रहेकाे पनि बताइन् । ‘साथी भाइहरूले पार्टीमा जोडिएर काम गर्नुपर्छ भन्नुभएको छ,’ अनलाइनखबरसँगको सम्पर्कमा उनले भनिन्, ‘म अहिले बाहिर छु, जनवरी २ मा फर्किएपछि थप छलफल गर्छाैं।’

रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्नेछ ।  अमेरिकामा रहेकी राईले भर्चुअल माध्यमबाट छलफलमा सहभागी हुने बताएकी छन् ।

नेपाल फर्किएपछि थप छलफल गर्ने उनले बताइन् । रास्वपाले सार्वजनिक गरेको उम्मेदवारको सर्टलिष्टमा खोटाङबाट राईको मात्रै नाम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?