+
+
Shares

केहरसिंह लिम्बुको पाश्र्वगायनमा ‘कुमारी’ को मर्मस्पर्शी गीत ‘तिमी बिना’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कुमारी' को दोस्रो गीत 'तिमी बिना' युट्युबमा रिलिज भएको छ जसमा केहरसिंह लिम्बुको स्वर छ।
  • फिल्म 'कुमारी' प्रणय दिवसको छेकोमा रिलिज हुने भएकाले युवा दर्शकको मन जित्ने देखिन्छ।
  • अभिषेक खड्काले फिल्मबाट डेब्यू गर्दैछन् र आकृति राजभण्डारी उनको अपोजिटमा छन्।

काठमाडौं । २३ माघदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘कुमारी’ को दोस्रो मर्मस्पर्शी गीत ‘तिमी बिना’ युट्युबमा रिलिज भएको छ । केन्द्र मोसन पिक्चर्सको च्यानलबाट स्ट्रिमिङ भएको गीतमा युवापुस्तामा रुचाइएका केहरसिंह लिम्बुको स्वर छ ।

लिम्बु र सुमन तामाङको संगीत छ । शब्द तामाङले लेखेका हुन् । गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ ।

आकृति राजभण्डारी र अभिषेक खड्काबीचको आत्मीयता, निकटता र उत्साहपूर्ण मुडले गीतलाई जीवन्त तुल्याएको छ । यसअघि सार्वजनिक भएको फिल्मको पहिलो गीत ‘कता छौ मेरो फूल’ लाई पनि रुचाइएको थियो ।

दिनेश राउत निर्देशित यो फिल्म प्रणय दिवसको छेकोमा रिलिज हुने भएकाले पनि युवा दर्शकको मन जित्ने देखिन्छ । यो फिल्मबाट अभिषेक खड्काले डेब्यू गर्दैछन् ।

फिल्ममा उनको अपोजिटमा आकृति देखिएकी छन् । उनले यसअघि सुशान्त केसीको हिट गीत ‘बार्दली’ र केही फिल्ममा अभिनय गरेकी थिइन् ।

घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?