+
+
Shares

मधेशका ८ जिल्लाबाट ३१ घुमुवा हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १२:४९

४ पुस, काठमाडौं । मधेश प्रदेशका आठ जिल्लामा खटिएका ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

घुमुवाका बारेमा गुनासोहरू आउन थालेपछि हटाइएको प्रदेश प्रहरी कार्यालयले बताएको छ । घुमुवाका नाममा असुली गर्नेदेखि धाकधम्की दिनेको गरेको गुनासो तराईका जिल्लाहरूमा व्याप्त छ ।

प्रहरी संगठनभित्रै शुद्धीकरण गर्ने योजनाअनुसार ३१ घुमुवालाई हटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाले बताए ।

उनका अनुसार हटाइएका घुमुवा प्रहरीको भूमिकाबारे थप आन्तरिक अनुसन्धानसमेत अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?