५ पुस, जनकपुरधाम । मधेश प्रदेशमा जसपा नेपालका प्रदेश सांसद राम अशिष यादवलाई सभामुख बनाउने सातदलीय गठबन्धनमा सहमति भएको छ । आज बिहान बसेको सात दलीय गठबन्धनको बैठकले यादवलाई उम्मेदवार बनाउने सहमति भएको जसपाका संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री सरोज यादवले जानकारी दिए ।
सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक समेत छन् ।
मधेशमा रिक्त सभामुख पदका लागि आज मनोनयन दर्ता गर्ने तालिका छ ।
सभामुखका उम्मेदवार यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बा दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् । गत मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पदअनुकूलको आचरण नगरेको अभियोगमा सातदलीय गठबन्धनले दुई तिहाई बहुमतबाट पदमुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4