News Summary
Generated by OK AI. Editorially reviewed.- एर्लिङ हालान्डको दुई गोल मद्दतमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३-० को जित हासिल गरेको छ।
- आर्सनलले एभर्टनमाथि १-० को जित हासिल गरेको छ, भिक्टोर ग्योकेरेसको पेनाल्टी गोल निर्णायक रह्यो।
- सिटी १७ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा छ भने आर्सनल ३९ अंकसहित शीर्ष स्थानमा छ।
६ पुस, काठमाडौं । एर्लिङ हालान्डको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडमाथि ३-० को जित हासिल गरेको छ ।
घरेलु मैदानमा सिटीको जितमा तिजानी रेन्डर्सले पनि एक गोल थपे । पहिलो हाफमै २-० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा एक गोल थप्यो ।
खेलको पाँचौं मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको थियो । ३८औं मिनेटमा रेन्डर्सले गोल गर्दै अग्रता दोब्बर पारे ।
६९औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको ३-० को जित पक्का भयो ।
जितपछि दोस्रो स्थानको सिटीको १७ खेलमा ३७ अंक भएको छ । पराजित वेस्ट ह्याम १३ अंकसहित १८औं स्थानमा छ ।
यस्तै गएराति नै भएको खेलमा शीर्षस्थानको आर्सनलले एभर्टनमाथि १-० को जित हासिल गरेको छ ।
आर्सनलको जितमा भिक्टोर ग्योकेरेसले पेनाल्टीमार्फत गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा गोल गरेका थिए ।
जितपछि शीर्षस्थानको आर्सनलको १७ खेलमा ३९ अंक भएको छ । पराजित एभर्टन २४ अंकसहित १०औं स्थानमा छ ।
प्रतिक्रिया 4