News Summary
Generated by OK AI. Editorially reviewed.- मिथिला लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ।
- महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने भएको छ।
- स्वरोजगार, ग्लोबल आईएमई, कालिका र सीवाईसी लघुवित्तले क्रमशः १५, ५, कर प्रयोजनसहित १० र १३.४३ प्रतिशत लाभांश घोषणा गरेका छन्।
६ पुस, काठमाडौं । विभिन्न ६ लघुवित्त कम्पनीहरूले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । यी कम्पनीको हालै बसेको सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेका हुन् ।
मिथिला लघुवित्तले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश छ ।
त्यस्तै महुली लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने भएको छ । स्वरोजगार लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत दिने भएको छ ।
ग्लोबल आईएमई लघुवित्तले ४.७५ प्रतिशत बोनस सेयर र कर कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
कालिका लघुवित्तले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सीवाईसी लघुवित्तले १२.७६ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रतिक्रिया 4