News Summary
Generated by OK AI. Editorially reviewed.- आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजन र खेलतालिका सार्वजनिक भएको छ।
- नेपाल समूह 'बी' मा परेको छ र जनवरी १८ मा थाइल्यान्डसँग मुलपानी क्रिकेट मैदानमा पहिलो खेल खेल्नेछ।
- प्रतियोगितामा १० टोली सहभागी छन् र शीर्ष ४ टोली सन् २०२६ महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
८ पुस, काठमाडौं । आउँदो जनवरीमा काठमाडौंमा हुने आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह विभाजनसँगै खेलतालिका पनि सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो । जसअन्तर्गत आयोजक नेपाल समूह ‘बी’मा परेको छ ।
नेपालसहित १० टोली सहभागी हुने प्रतियोगिता जनावरी १४ देखि मुलपानी क्रिकेट मैदान र त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । जनवरी १४ र १६ मा वार्म अप तथा जनवरी १८ देखि मुख्य खेलहरू सुरु हुनेछन् ।
समूह ‘ए’ मा बंगालदेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छ । यस्तै समूह ‘बी’ मा नेपाल, स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् ।
नेपालले आफ्नो पहिलो खेलमा १८ जनवरीमा थाइल्यान्डसँग माथिल्लो मुलपनी क्रिकेट मैदानमा खेल्नेछ ।
नेपालले पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको थियो ।
यस प्रतियोगितामा दुवै समूहबाट शीर्ष ३ मा पर्ने टोलीहरू सुपर सिक्समा छनोट हुनेछन् । सुपर सिक्सबाट शीर्ष ४ टोलीहरू सन् २०२६ मा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।


प्रतिक्रिया 4