News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले एसीसी यू-१९ एसिया कपको फाइनलमा भारतविरुद्ध ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको छ।
- ओपनर समीर मिनहासले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए।
- नेपालले समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो।
६ पुस, काठमाडौं । ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि पाकिस्तानले एसीसी यू-१९ एसिया कपको फाइनलमा भारतविरुद्ध विशाल योगफल खडा गरेको छ ।
पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको हो । समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए ।
भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २-२ तथा कनिष्क चौहानले १ विकेट लिए ।
समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो ।
नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।
प्रतिक्रिया 4