News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको फाइनलमा भारतलाई १९१ रनले हराउँदै उपाधि जितेको छ।
- पाकिस्तानले दिएको ३४८ रनको लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो।
- ओपनर समीर मिनहासले ११३ बलमा १७ चौका र ९ छक्का सहित १७२ रन बनाएर पाकिस्तानलाई जितमा महत्वपूर्ण भूमिका खेलेको थियो।
६ पुस, काठमाडौं । पाकिस्तानले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा भारतलाई १९१ रनले हराउँदै पाकिस्तानले उपाधि जितेको हो ।
पाकिस्तानले दिएको ३४८ रनको विशाल लक्ष्य पछ्याएको भारत २६.२ ओभरमा १५६ रनमा अलआउट भयो ।
त्यसअघि ओपनर समीर मिनहासले शानदार शतकसहित १७२ रन बनाएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४७ रन बनाएको थियो ।
समीरले ११३ बलमा १७ चौका र ९ छक्कासहित १७२ रन बनाए । अहमद हुसेनले ५६ रन बनाए ।
भारतका लागि दीपेश देवेन्द्रनले ४ विकेट लिए । हेनिल पटेल र खिलान पटेलले २-२ तथा कनिष्क चौहानले १ विकेट लिए ।
समूह चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई हराएको थियो । त्यसको बदला पाकिस्तानले फाइनलमा लिएको छ ।
नेपाली टोली भने यस प्रतियोगितामा समूह चरणमा ३ वटै खेलमा हार बेहोरेर बाहिरिएको थियो ।
प्रतिक्रिया 4