+
+
Shares

भोलि शैक्षिक हड्ताल घोषणा, छलफलमा प्याब्सन र एनप्याब्सन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते २१:०३
फाइल तस्वीर

६ पुस, काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि (पुस ७) शैक्षिक हड्ताल घोषणा गरेको छ ।

उक्त युनियनले विदेशमा रहेका नेपाली विद्यार्थी, श्रमिक एवं नेपाली नागरिकलाई यही चुनावबाट मताधिकार सुनिश्चित गर्नुपर्ने, निजी विद्यालयको शुल्क घटाउनुपर्ने लगायतका माग राखेको छ ।

भोलि हुने भनिएको शैक्षिक हड्ताल उपत्यकाव्यापी हुने बताइएको छ ।

युनियनकी अध्यक्ष सुनिता बुढाथोकीले जारी गरिएको विज्ञप्तिमा भोलिको हड्ताल सफल पार्न आह्वान गरिएको छ ।

उक्त हड्ताल आह्वान भएपछि भोलि विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे अहिले प्याब्सन र एनप्याब्सन छलफल गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?