+

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हरायो

२०८२ पुष  ७ गते ७:४५ २०८२ पुष ७ गते ७:४५
इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा भिल्लाले युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

भिल्लाको जितमा दुवै गोल मोर्गान रोजर्सले गरे। युनाइटेडका म्याथ्युस कुन्हाले एक गोल गरे ।

पहिलो हाफको ४५औं मिनेटमा मोर्गानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछिको इन्जुरी समयमा कुन्हाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

५७औं मिनेटमा मोर्गानले पुनः गोल गर्दै भिल्लालाई खेलमा अगाडि ल्याए । त्यसपछि कुनै गोल भएनन् ।

जितपछि तेस्रो स्थानको एस्टन भिल्लाको १७ खेलबाट ३६ अंक भएको छ । पराजित युनाइटेड २६ अंकसहित सातौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग एस्टन भिल्ला म्यानचेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय