+
+
Shares

अन्तरजिल्ला मतदानमा राजनीतिक प्रतिबद्धता दिन तयार छौं : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १६:४९

७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन् ।

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा पार्टीको तर्फबाट बोल्दै उनले यस्तो बताएका हुन् ।

निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताउँदै उनले भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताए ।

‘चुनावमा शान्ति सुरक्षाको विषय नै हो । प्रचार प्रसारको विषय नै हो । भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो,’ उनले भने ।

अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको उनको भनाइ थियो ।

‘अन्तरजिल्ला मतदान व्यवहारिक रुपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नुभएको छ । यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्नेकुरा भनिएको छ,’ उनले भने, ‘राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौं ।’

उनले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?