+

अफ्रिका कप अफ नेसन्स सुरु, मोरक्कोको विजयी सुरुवात

२०८२ पुष  ७ गते १७:३९ २०८२ पुष ७ गते १७:३९
अफ्रिका कप अफ नेसन्स सुरु, मोरक्कोको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा मोरक्कोले कोमोरोसलाई २–० ले पराजित गरेको छ।
  • मोरक्कोले दोस्रो हाफमा ब्राहिम डियाज र आयुब एल काबीको गोलबाट जित सुनिश्चित गरेको छ।
  • कोमोरोसले कडा प्रतिरोध देखाए पनि मोरक्कोको आक्रमण रोक्न सकेन र मोरक्कोले समूह 'ए' मा ३ अंक जोडेको छ।

७ पुस, काठमाडौं । अफ्रिका कप अफ नेसन्सको उद्घाटन खेलमा आयोजक मोरक्कोले कोमोरोसलाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

रबाटस्थित प्रिन्स मौले अब्देल्लाह स्टेडियममा वर्षाका बीच भएको खेलमा मोरक्कोले अपेक्षाअनुसार सहज खेल देखाउन सकेन। पहिलो हाफमा मोरक्कोले बलमा नियन्त्रण राखे पनि गोल गर्न असफल भयो। सुरुआतमै पाएको पेनाल्टीमा पनि सोफिन रहिमी चुकेका थिए ।

दोस्रो हाफको ५५औं मिनेटमा ब्राहिम डियाजले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए। त्यसपछि सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका आयुब एल काबीले ७४औं मिनेटमा शानदार गोल गरे।

विश्व वरियतामा निकै तल रहेको कोमोरोसले खेलभर कडा प्रतिरोध गरे पनि मोरक्कोको आक्रमण रोक्न सकेन। जितसँगै समूह ‘ए’ मा मोरक्कोले ३ अंक जोडेको छ।

अफ्रिका कप अफ नेसन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय