+
+
Shares

दिल्लीपछि अगरतला र सिलिगुडीमा पनि बंगलादेशले बन्द गर्‍यो भिसा सेवा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते ८:३२

८ पुस, काठमाडौं । बंगलादेशले भारतको अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र बन्द गरेको छ ।

दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवा अस्थायी रूपमा बन्द गरेको बंगलादेशले मंगलबारबाट अगरतला र सिलिगुडीस्थित कार्यालयहरू बन्द गरेको हो ।

बीबीसी बंगला सेवाका अनुसार त्रिपुराको अगरतलास्थित बंगलादेश भिसा र काउन्सलर सेवाहरू मंगलवार (आज)देखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।

यस्तै पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकाज पनि अस्थायी रूपमा निलम्बन गरिएको छ ।

बंगलादेशमा हिन्दु युवक दिपुचन्द्र दासको मृत्यु भएपछि पछिल्ला केही दिनदेखि अगरतलामा केही स्थानीय संगठन विरोध प्रदर्शन गर्दै आएका छन् ।

यद्यपि, बीबीसी बंगला सेवाले दूतावासको हवाला दिँदै कोलकातामा रहेको भिसा कार्यालय भने खुला छ ।

यसअघि बंगलादेशले दिल्लीस्थित उच्चायोगमा भिजा सेवाहरू अस्थायी रूपमा बनद गरेको थियो ।

उच्चायोगको गेटमा सूचना टाँस गरेर अर्को सूचना जारी नहुँदासम्म सेवाहरू बन्द गरिएको जनाइएको बीबीसी हिन्दी सेवाको अन्लाइन संस्करणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?