९ पुस, विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले पछिल्लो राजनीतिक घटनाक्रमलाई ‘प्रतिगमन’ भएको दाबी गर्दै सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ ।
प्रदेश कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै २४ भदौमा चालिएको कदमले लोकतन्त्र र संविधानमाथि प्रहार गरेको दाबी गरेको हो ।
एमालेले हालै सम्पन्न पार्टीको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहितको नेतृत्वलाई सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
‘छानबिन आयोगका नाममा पार्टी नेतृत्वलाई दुःख दिने र मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास भए कडा प्रतिवाद गरिनेछ,’ उनले भने ।
एमाले कोशी प्रदेशले प्रतिनिधिसभा पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन र संविधान संशोधनको माग माग गर्दै आन्दोलनका लागि प्रदेशका १४ वटै जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4