+
+
Shares

संसद्‍को वैधता सकिएकोले पुनर्स्थापना हुँदैन : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १३:५८
फाइल तस्वीर

८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पछिल्लो संसद्‍को वैधता पूर्णत: सकिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका हुन् ।

‘अगाडिको उज्यालो बाटो’ उनले लेखेका छन्, ‘२३ भदौको नरसंहारका लागि जिम्मेवार एमाले–कांग्रेस सरकार र तिनै दुई दलको बर्चस्व रहेको पछिल्लो संसदको वैधता पूर्णत: सकिएकोले त्यसको पुनर्स्थापना हुँदैन ।’

२१ फागुनमा हुने चुनावबाट आउने परिणामले पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउने उनको विश्वास छ ।

‘२१ फागुनको आम निर्वाचनबाट चुनिने ताजा जनादेश प्राप्त संसद्ले अर्को पाँच वर्षका लागि स्थिर संघीय सरकार बनाउनेछ’ उनको दाबी छ, ‘त्यसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?