+
+
Shares

उपकुलपति नेपाल लगायतमाथि सुनियोजित आक्रमण : संस्कृत विश्वविद्यालय

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:०२

८ पुस, काठमाडौं । संस्कृत विश्वविद्यालयले उपकुलपति प्राडा धनेश्वर नेपाल लगायतमाथि सुनियोजित आक्रमण भएको बताएको छ ।

विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीले विज्ञप्ति निकालेर सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराएका हुन् ।

उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको विश्वविद्यालयले जनाएको छ ।

‘बेलझुण्डीमा सम्पन्न बृहत् भेलाले गम्भीर खेद व्यक्त गर्दै तीव्र विरोध र निन्दासहित विश्वविद्यालयका पदाधिकारी एवं जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ ।

उपकुलपति नेपाल ६ पुस बिहान ८ बजेतिर नेपाल कम्युनिस्ट पार्टी (बहुमत निटकको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मोसो दलेको थियो ।

विश्वविद्यालयले वार्ताबाट समस्या भएमा समाधान गर्न तयार रहेको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?