+
+
Shares

सरकारी टोलीसँगको भेटपछि एमाले- चुनावको विरुद्धमा थिएनौं, छैनौं

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ८ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले पार्टीलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाउनुभयो।
  • महासेठले एमाले अध्यक्षमाथि स्थानहद तोकिएको कारणले पार्टी निर्वाचनमा जान नसक्ने बताउनुभयो।
  • उनले वर्तमान सरकार निर्वाचन गर्न नचाहेको र निवार्चन गर्न पनि नसक्ने दाबी गर्नुभयो।

८ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकारले नै नेकपा एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेको आरोप लगाएका छन् ।

एमाले मुख्यालय च्यासलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले कहिल्यै निर्वाचनको विपक्षमा नरहेको पनि बताए । तर सरकार नै एमालेलाई निर्वाचनबाट वञ्चित गराउन लागेको दाबी उनको थियो ।

एमालेको अध्यक्षमाथि स्थानहद तोकेर एमाले निर्वाचनमा भाग लिन नसक्ने उनको भनाइ छ ।

‘हामी निर्वाचनको विरुद्धमा कहिले पनि थिएनौं, न थियौं, न छौं । तर कुरा के भने नेकपा एमाले पार्टी निर्वाचनमा नआओस् भनेर यो चाहना त सरकारकै हो । यदी यो चाहना नभएको भए, साँच्चिकै नेकपा एमाले चुनावमा आओस् भन्ने सोच सरकारको भएको भए त नेकपा एमालेको अध्यक्षमाथी जुन प्रकारले एउटा स्थानहद तोकेको छ, त्यो स्थानहद त तोक्ने थिएन । पार्टी अध्यक्षलाई स्थानहद तोकेर नेकपा एमाले चुनावमा जानसक्छ र ?,’ उनले भने ।

चुनावी वातावरण बनाउने काम एमालेको नभई सरकारको भएको बताउँदै उनले वर्तमान सरकारले निर्वाचन गर्नै नचाहेको र निवार्चन गर्न पनि नसक्ने दाबी पनि गरे ।

हालसम्म बनेका अन्तरिम सरकार सफल भएपनि वर्तमान सरकार असफलताको बाटोमा हिंडेको उनले बताए । अन्तरिम सरकारका मन्त्रीहरू नै दल खोलेर राजनितिक गतिविधि गरिरहको उनको भनाइ छ ।

‘पहिले नेपाल सरकारले स्थानहदको बारेमा आफ्नो कमी कमजोरी स्वीकार गर्नुपर्‍यो । स्थानहद हटाउनुपर्‍यो । नेपालमा अहिलेसम्म जतिपनि अन्तरिम सरकार बन्यो, सबै सरकार सफल भएर गएको छ तर यो सरकारमाथी प्रश्न किन उठ्दैछ ? अहिलेको सरकारको गतिविधि चुनावमैत्री छैन,’ महासेठले भने, ‘सरकारमा बस्ने अनि म निर्वाचनमा भाग लिन्छु, पार्टी बनाउँछ, सरकारमा बस्ने मन्त्रिमण्डलका साथीहरूले पहिला जुन राजनितिक क्रियाकलापहरू गरिरहनुभएको छ, सरकारले त त्यो बन्द गर्नुर्‍यो नी पहिला । मन्त्रिमण्डलमा बस्ने अनि आफ्नो पार्टी बनाउने सरकार विभिन्न संयन्त्रहरूलाई मिसयुज गर्ने ? त्यो हुनसक्छ ? त्यो कुरामा पनि सरकार सचेत होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?