+

तेस्रो थन्डर बोल्ट्स कप : टेनिसमा जेम्सको वर्चस्व

२०८२ पुष  ८ गते १९:१७ २०८२ पुष ८ गते १९:१७
तेस्रो थन्डर बोल्ट्स कप : टेनिसमा जेम्सको वर्चस्व

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो जेम्स थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत टेनिस यू–१२ छात्र एकलमा रोनिथ प्रधानले पहिलो स्थान हासिल गरे।
  • फुटबल यू–१२ छात्रतर्फ डिएभी स्कुलले पाठशाला फाउन्डेसनलाई ३–१ ले पेनाल्टी जित्दै तेस्रो स्थान सुरक्षित गर्‍यो।
  • बास्केटबल यू–१६ छात्रतर्फ एलआरआई स्कुलले रातो बङ्गला स्कुललाई ४१–३२ ले पराजित गरी तेस्रो स्थान सुरक्षित गर्‍यो।

८ पुस, काठमाडौं । तेस्रो जेम्स थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत जेम्स स्कुलमा सञ्चालन भइरहेको विभिन्न खेलहरूमध्ये टेनिसतर्फ मङ्गलवार भएको यू–१२ छात्र एकल विधातर्फ जेम्स स्कुलका रोनिथ प्रधानले पहिलो स्थान हासिल गरेका छन्। उक्त स्पर्धामा जेम्स स्कुलकै आरोहन राज श्रेष्ठ दोस्रो स्थान प्राप्त गरे।

यस्तै यु–१२ छात्रा एकल विधामा गोदावरी रेसिडेन्सियल स्कुलकी काव्या थापा मगर प्रथम स्थान हात पारिन् भने जेम्स स्कुलकी परिधि घिमिरे थापा र आरोही सुबेदी संयुक्त रूपमा दोस्रो स्थानमा रहे। जेम्स स्कुलकै बेला योन्जन श्रेष्ठ र रोबिया महरा संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

यू–१४ छात्रा एकल विधातर्फ जेम्स स्कुलकी शायना आचार्यले पहिलो स्थान हासिल गरिन्। जेम्स स्कुलकै निधि न्यौपाने दोस्रो स्थानमा रहिन् भने जेम्स स्कुलकी जेसिका महर्जन र पूर्णिमा अधिकारी संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

यू–१८ छात्रा एकल विधातर्फ जेम्स स्कुलकी निभा श्रेष्ठले पहिलो स्थान हासिल गरिन्। जेम्स स्कुलकै अनुष्का पुन दोस्रो स्थानमा रहिन् भने जेम्स स्कुलकी सोफिया रानाभाट र लोजिना थापा मगर संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

यू–१८ छात्र एकल विधातर्फ गोदावरी रेसिडेन्सियल स्कुलका सन्दीप जिसीले पहिलो स्थान हासिल गरे। जेम्स स्कुलका शाश्वत केसी दोस्रो स्थानमा रहे भने जेम्स स्कुलकै ब्रज जोशी र तनिष लामा संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

प्रतियोगितामा उत्कृष्ट सम्भावना देखाएका जेम्स स्कुलका मुस्कान भट्ट, प्रैशा कन्साकार, अक्सा निरौला तथा वसिष्ठ राज शाहीलाई ‘इमर्जिङ एथलेट’ पुरस्कार प्रदान गरियो।

फुटबलतर्फ तेस्रो स्थानका लागि भएका खेलहरूमा यु–१२ छात्रतर्फ डिएभी स्कुलले पाठशाला फाउन्डेसनलाई ३–१ ले पेनाल्टी जित निकाल्दै तेस्रो स्थान सुरक्षित गर्‍यो।

यस्तै यू–१६ छात्र तर्फ भीएस निकेतन स्कुलले पाठशाला फाउन्डेसनलाई २–० ले पराजित गरी तेस्रो स्थान हासिल गर्‍यो

यसै गरी बास्केटबलतर्फ यू–१६ छात्र तर्फ एलआरआई स्कुलले रातो बङ्गला स्कुललाई ४१–३२ ले पराजित गरी तेस्रो स्थान सुरक्षित गर्‍यो भने यू–१८ छात्रा विधातर्फ जेभियर इन्टरनेसनल कलेजले धैर्य र सन्तुलन कायम राख्दै ब्लु वर्ड कलेजलाई ३०–२४ ले पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्‍यो।

यू–१८ छात्र विधातर्फ गोल्डेनगेट इन्टरनेसनल कलेजले सेन्ट जेभियर्स स्कुलमाथि ५५–४४ को जित दर्ता गर्दै तेस्रो स्थान प्राप्त गर्‍यो।

प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।

थन्डर बोल्ट्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय