News Summary
Generated by OK AI. Editorially reviewed.- राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन्।
- दुई अध्यक्षबीच पुस ९ गते एकता सहमति पत्रमा हस्ताक्षर भएको हो।
- पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ।
९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।
दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो ।
पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।
थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4