+
+
Shares

त्रिविको दीक्षान्त भोलि रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते २०:२९

९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (बिहीबार) भोलि हुँदैछ । समारोह त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार यो वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुँदैछन् । ‘तयारी पूरा भएको छ । अब भोलि समारोहको आयोजना हुने छ,’ उनले भने ।

त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ ।

जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।

साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । दीक्षान्तमा एक जना विद्यार्थीको दुई अभिभावक आउन सक्छन् । रंगशालामा विद्यार्थी र अभिभावक गरि करिब ५० हजारको हाराहारीमा उपस्थित त्रिविको अनुमान छ ।

दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गरिनेछ । दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।

समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

यस्तै कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालको विशेष आतिथ्यता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?