+

एनभीए भलिबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

२०८२ पुष  १० गते ८:२७ २०८२ पुष १० गते ८:२७
एनभीए भलिबल च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल संघले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को खेलतालिका सार्वजनिक गरेको छ।
  • प्रतियोगिता पुस ११ गतेदेखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालाको कभर्डहलमा सञ्चालन हुनेछ।
  • पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोलीले प्रतियोगितामा भाग लिनेछन्।

१० पुस, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को खेलतालिका सार्वजनिक गरेको छ। प्रतियोगिता पुस ११ गतेदेखि १९ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहल (एनएससी इन्डोर हल) मा सञ्चालन हुनेछ।

सार्वजनिक तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेल पुस ११ गते हुनेछ। पहिलो खेल महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् (एसयूपी) बीच ११ गते विहान ९ बजे हुनेछ। पुरुषतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लब (एनपीसी) र ढोरपाटन क्लब (डीएससी) दिउँसो १ बजे आमनेसामने हुनेछन्।

च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोली गरी कुल २० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका खेलहरू लिग चरण, क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनलसम्म सञ्चालन हुनेछन्। फाइनल खेल पुस १९ गते हुनेछ।

पुरुषतर्फ टोलीहरू चार समूह (पुल) मा विभाजन गरिएको छ। पुल ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब र मणिमुकुण्द भलिबल क्लब छन्। पुल ‘बी’ मा नेपाल पुलिस क्लब, ढोरपाटन क्लब र खिल्जी युवा क्लब समावेश छन्।

पुल ‘सी’ मा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, बुढानीलकण्ठ भलिबल क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन्। पुल ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र रहेका छन्।

महिलातर्फ पनि टोलीहरू दुई समूहमा विभाजन गरिएको छ। पुल ‘ए’ मा एभरेस्ट भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, चुली युवा क्लब र न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब छन्। पुल ‘बी’ मा नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, नेपाल एपीएफ क्लब र मधेश प्रदेश खेलकुद परिषद् रहेका छन्। यसपटक गण्डकी प्रदेशको टोली भने सहभागी छैन।

एनभीएले खेल तालिकाअनुसार सम्बन्धित टोलीहरू खेल सुरु हुनुभन्दा कम्तीमा ४५ मिनेटअघि मैदानमा उपस्थित हुनुपर्ने जनाएको छ।

एनभीए भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय