+
+
Shares

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १७:२१

१० पुस, जनकपुरधाम । नेपाल जेसीजको वर्ष २०२६ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन भएको छ ।

जनकपुरधाममा सम्पन्न नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट रामेछाप जीसीजका युवा नेता जेसी जीवन बहादुर कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।

चार जना उम्मेदवारबीच भएको प्रतिस्पर्धात्मक निर्वाचनमा कार्की बहुमतसहित विजयी भएका हुन् ।

१८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व, उद्यमशीलता र सामाजिक रूपान्तरणतर्फ अग्रसर गराउँदै आएको नेपाल जेसीज आन्दोलनको नेतृत्व अब कार्कीको काँधमा आएको हो ।

कार्कीले नेपाल तथा अन्तर्राष्ट्रिय तहका विभिन्न तालिम र एकेडेमीहरूमा सहभागिता जनाउँदै नेतृत्व विकासमा आफूलाई सशक्त बनाउँदै आएका छन् ।

लक्ष्यबिनाको सक्रियताबाट उपलब्धि सम्भव नहुने उल्लेख गर्दै उनले योजनाबद्ध कार्यान्वयन र ठोस परिणाममा केन्द्रित नेतृत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनको नेतृत्वको प्रमुख कार्यक्रम ‘प्रोजेक्ट संकल्प २०२६’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?