News Summary
Generated by OK AI. Editorially reviewed.- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता डा बाबुराम भट्टराईले १० वर्षदेखि नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने सपना देखेको बताएका छन्।
- डा भट्टराईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग भेटेर विचार र एजेन्डामा सबै मिल्नुपर्ने बताएका छन्।
- बालेन्द्र शाहले आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै नयाँ शक्तिसँग छलफल गरिरहेको बताएका छन्।
१० पुस,. काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्छ भन्ने आफ्नो १० वर्ष पहिलेदेखिको सपना भएको बताएका छन् ।
बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग भेटेर निस्केका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
‘मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ । यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,’ उनले भने, ‘विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ ।’
आज बालेनले आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै विभिन्न नयाँ भनिएका शक्तिहरूसँग छलफल गरिरहेका छन् । यहीक्रममा पुगेका बाबुरामसँग उनले आफू राजनीतिमा आएको र कस्तो सहयोग गर्न सक्नुहुन्छ भनेर पनि सोधेका छन् ।
प्रतिक्रिया 4