+
+
Shares

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण भइसकेको छ र तीन पुल निर्माण बाँकी छ।
  • जग्गा विवादका कारण तीन पुल निर्माण तीन वर्षदेखि ढिला भएको छ र स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ।
  • सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले मुआब्जा नदिँदा समस्या समाधान हुन नसकेको बताउनुभयो।

१० पुस, जुम्ला । नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ । नाग्म–गमगढी सडकखण्डको ९३ किलोमिटर क्षेत्रमा तीन पक्की पुल निर्माण गर्न अझै बाँकी छ ।

जग्गा विवादका कारण तीन पुल निर्माण गर्न ढिला भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधारीले जानकारी दिनुभयो । पुल निर्माण हुने स्थानमा स्थानीयवासीको जग्गा परेको छ । सरकारले जग्गाको मुआब्जा दिने गरेको छैन ।

‘बारम्बार जग्गाधनीसँग छलफल गर्दा निश्कर्षमा पुग्न सकिएको छैन । मुआब्जा दिनसके समस्या समाधान हुन्छ’, उनले भने ।

हिमा गाउँपालिका जोड्ने पुल पनि जग्गा विवादका कारण निर्माण कार्य रोकिएको छ । कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाको पुल घरटहराका कारण निर्माण कार्य अगाडि बढ्न सकेको छैन । मुगुको लुम्स पुल निर्माण घर तथा जग्गाका कारण रोकिएको प्रमुख चौधरीले बताए ।

स्थानीय सरकारलाई सहजीकरणका लागि आग्रह गरिएको छ । विवादका कारण तीन वर्षदेखि पुल निर्माणमा ढिलाइ भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा पुल निर्माण गर्न रु ४० लाख विनियोजन गरिएको प्रमुख चौधरीले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?