News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरले स्कुटरलाई ठक्कर दिँदा १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको छ।
- ठक्करबाट स्कुटर चालक ३५ वर्षीय केशर कार्की घाइते भएका छन् र उनको अवस्था मध्ययम रहेको छ।
- ट्राफिक प्रहरीले टिपर चालक २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको छ।
१० पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।
बिहीबार साँझ विराटचोक-घिनाघाट सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–५ ककडमाडीमा प्रदेश १–०२–००१ ख ९७७० नम्बरको टिपरले प्रदेश १–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट स्कुटरमा सवार ग्रामथान–५ का १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको हो । स्कुटर चालक ग्रामथान–५ बस्ने ३५ वर्षीय केशर कार्की घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकले साँझ करिब ६ बजे बालकलाई मृत घोषित गरेका थिए । केशरको अवस्था मध्ययम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै टिपर र चालक सुन्दरहरैँचा नगरपालिका–४ का २४ वर्षीय सञ्जय चौधरीलाई नियन्त्रणमा लिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपाने जानकारी दिए ।
प्रतिक्रिया 4