+
+
Shares

सातै प्रदेशका जेनजी प्रतिनिधिले भेटे बालेन

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते २१:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
  • जेनजी प्रतिनिधिहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेन्द्रलाई दिएका छन्।
  • बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए।

१० पुस, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले सातै प्रदेशका जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

बिहीबार दिनभर विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा व्यस्त बालेनले साँझ जेनजीका प्रतिनिधिसँग भेटेका हुन् । भेटमा हामी नेपालका संयोजक सुदन गुरुङ पनि सहभागी थिए ।

जेनजी प्रतिनिधि खेमराज साउदका अनुसार जेनजीहरूले नयाँ भनिएका राजनीतिक र शक्तिहरू मिलेर जानुपर्ने सुझाव बालेनलाई दिएका छन् । आफू दलीय राजनीतिमा आएको जानकारी दिँदै बालेनले जेनजी रक्षा बमलाई सबै जेनजीलाई एक भएर आउन आग्रह गरेका थिए ।

बालेनले उनीहरूलाई आफ्ना सहयोगी कुमार बेनको घरमा भेटेका हुन् । अहिले बालेन त्यहाँबाट निस्किसकेका छ्न् । बेनको घरमा आज बालेनले करिब १२ घण्टा समय बिताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?