+
+
Shares

मासु पसलमा आएको भन्दै कुकुरलाई मरणासन्न हुनेगरी रडले हिर्काउने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं कागेश्वरी मनोहरास्थित थलीमा कुकुरलाई फलामे रडले हिर्काएर मरणासन्न बनाउने भोजपुरका हिमाल लुइटेल पक्राउ परेका छन्।

११ पुस, काठमाडौं । कुकुर मासु पसल अगाडि आएको भन्दै फलामे रडले हिर्काएर कुकुरलाई मरणासन्न अवस्थामा पुर्‍याउने व्यक्तिलाई पक्राउ गरिएको छ । घटना काठमाडौं कागेश्वरी मनोहरास्थित थलीको हो । मासु पसलमा काम गर्ने भोजपुरका हिमाल लुइटेल पक्राउ परेका हुन् ।

उनले ‘मासु खान आएको’ भन्दै फलामे रडले कुकुरको टाउकोमा हिर्काएका थिए । ‘कुकुरको टाउको नै फुटाइदिएछ, धेरै रगत बगेर छटपटाइरहेको थियो’ पशु अधिकारकर्मी इरफान खानले भने, ‘अहिले कोमामा राखिएको छ ।’ इरफानले पशु कल्याणका क्षेत्रमा काम गरिरहेका छन् । बेवारिसे पशुप्राणीको उद्वार गर्नेदेखि तिनीहरूका लागि कानुनी लडाइसमेत लड्दै आएका छन् ।

स्थानीय माया तामाङले त्यस क्षेत्रका सामुदायिक कुकुरलाई खाना खुवाउने गरेकी थिइन् । उनका अनुसार त्यहाँका कुनै पनि कुकुर आक्रमक थिएन । ‘कसैलाई टोक्ने, झम्टने, दुःख दिने खालका कुकुर होइनन्’ उनले भनिन्, ‘निर्दोष कुकुरलाई अन्धधुन्ध रडले हिर्काएछ ।’

कुकुरलाई किन हिर्काएको भनी सोधीखोजी गर्दा उनले ‘म अझै कुकुर मार्छु, पुलिसले पनि केही गर्न सक्दैन’ भनी धम्की दिएको तामाङले बताइन् । पशु अधिकारकै क्षेत्रमा काम गरिरहेका विश्वराम कार्कीसहितले कुकुरमाथि रड प्रहार गर्नेविरुद्ध थली प्रहरीमा उजुरी दिएका छन् । सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

त्यसो त प्रहरीले पक्राउ गरेपनि कारबाही नगरी छाड्ने प्रवृत्ति छ । त्यसैले पशुप्राणीमाथि हुने अपराधजन्य घटना ज्यूँको त्यूँ रहेको इरफान बताउँछन् । ‘कडा कानुन र कार्यन्वयनको अभावमा दोषीहरू सजिलै उम्कने गरेका छन्’ इरफान भन्छन्, ‘त्यसैले पशुप्राणीमाथि यस्तो अपराध बढ्दो छ ।’

के हुन्छ सजाय ?

पशुपन्छीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म जेल सजाय र ५ हजार रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको वातावरण कानुन विज्ञ, अधिवक्ता पदमबहादुर श्रेष्ठ बताउँछन् । कुकुरहरू माथि कुनै पनि प्रकारको दुव्र्यवहार भएको देख्यो भने यस्तो हिंसाको उजुरी प्रहरी कार्यालयमा गर्न सकिन्छ, प्रहरीले जाहेरी लिएन भने जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमा पनि यसको उजुरी दिन मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?