+

नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस र आर्मी विजयी

२०८२ पुष  ११ गते १८:५८ २०८२ पुष ११ गते १८:५८
नवौं एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ पुलिस र आर्मी विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौँ एनभीए महिला भलिबल च्याम्पियनसिप २०८२ मा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन्।
  • नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई २५-१०, २५-६, २५-११ ले पराजित गरेको छ।
  • त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई २५-१६, २५-१४, २५-२३ ले हराएको छ।

११ पुष, काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ अन्तर्गत महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको समूह ए को पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेश भलिबल संघलाई सोझो सेटमा हरायो ।

एकपक्षीय खेलमा पुलिसले सुदूरपश्चिमलाई २५-१०, २५-६, २५-११ ले पराजित गरेको हो ।

यस्तै महिलातर्फको दोस्रो खेलमा समूह ए मा रहेको आर्मीले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५-१६, २५-१४, २५-२३ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ शनिबार पनि दुई खेल हुनेछ । पहिलो खेल समूह ए मा रहेको न्यु डायमण्ड र चुली युथ क्लब तथा दोस्रो खेल समूह बी मा रहेको एपीएफ र मधेश स्पोर्ट्स काउन्सिलबीच हुनेछ ।

नवौँ एनभीए भलिबल च्याम्पियनसिप महिला भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय