+
+
Shares

काठमाडौं-२ मा नेकपाबाट माधव नेपालसहित ४ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते २०:४७

११ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट सहसंयोजक माधव कुमार नेपालसहित ४ जनाको नाम सिफारिस गरेको छ ।

नेकपा काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उम्मेदवारहरूको नाम सिफारिस गरेको हो ।

जसमा काठमाडौं–२ बाट माधवकुमार नेपाल, देव चौलागाईं, मधु केसी, नितेश पौडेल सिफारिस भएका छन् ।

यो क्षेत्रमा अघिल्लो निर्वाचनमा रास्वपाबाट सोविता गौतम निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?