+
+
Shares

सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते १५:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सलमान खानले आफ्नो ६० औं जन्मदिनमा आगामी फिल्म 'ब्याटल अफ गलवान' को टिजर सार्वजनिक गर्नुभएको छ।
  • टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देखाइएको छ र उनले मातहतलाई 'यदि चोट लाग्यो भने तक्मा सम्झनू, मृत्यु देख्यौ भने सलाम गर्नू' भनेका छन्।
  • फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेनाबीचको गलवान उपत्यकाको झडप प्रस्तुत गर्नेछ र १७ अप्रिल २०२६ मा प्रदर्शन हुने तयारीमा छ।

काठमाडौं । बलिउड अभिनेता सलमान खानको ६० औं जन्मदिनको अवसरमा उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक भएको छ ।

भाइजानले आफ्नो जन्मदिनमा टिजर सार्वजनिक गर्दैै प्रशंसकलाई उपहार दिएका छन् । १ मिनेट ११ सेकेन्डको टिजरमा सलमानलाई भारतीय सैनिक अफिसरको भूमिकामा देख्न सकिन्छ ।

टिजरमा सलमानलाई मात्र चित्रण गरिएको छ । ‘यदि चोट लाग्यो भने तक्मा सम्झनू, मृत्यु देख्यौ भने सलाम गर्नू’ सलमानले मातहतका अफिसरलाई लडाइका लागि प्रोत्साहन गर्दै ती कुरा भनेका छन् ।

अपूर्व लाखिया निर्देशित फिल्ममा सलमानसहित चित्रांगना सिंहको शीर्ष अभिनय छ । नेपाली अभिनेता अनुपविक्रम शाहीको पनि यसमा शीर्ष भूमिका छ ।

यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ । यो फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?