News Summary
Generated by OK AI. Editorially reviewed.- नवौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिग खुल्ला टी-२० क्रिकेट प्रतियोगिता पुस २७ देखि माघ ५ गते धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने छ।
- प्रतियोगितामा काठमाडौं, मधेश र सुदूरपश्चिमका गरी १३ टोलीले सहभागिता जनाउने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।
- विजेता टोलीले नगद ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ३० हजार प्राप्त गर्नेछ।
१२ पुस, काठमाडौं । नवौं संस्करणको एसपीए लिटल फ्लावर प्राइड लिग खुल्ला टी-२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक संस्था लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिले सनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारीबारे जानकारी गराएको हो ।
प्रतियोगितामा काठमाडौं, मधेश र सुदूरपश्चिमका गरी १३ टोलीले सहभागिता जनाउने लिटल फ्लावर स्पोटर्स एण्ड इभेण्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शाहीले आर्थिक रुपमा आफू निकै पछाडि परेपनि क्रिकेटप्रतिको लगाव र मायाको कारण एकपटक पुन: प्रतियोगिताका लागि हिम्मत गरेको बताएका छन् ।
यहि पुस २७ गतेदेखि माघ ५ गतेसम्म धनगढीको फाप्ला खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेता टोलीले नगद ६० हजारसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ४ हजार, उदीयमान खेलाडी, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरले समान दुई-दुई हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद १००० प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4