+

लिभरपुलले वुल्भ्सलाई हरायो, चेल्सी एस्टन भिल्लासँग पराजित

२०८२ पुष  १३ गते ९:२४ २०८२ पुष १३ गते ९:२४
लिभरपुलले वुल्भ्सलाई हरायो, चेल्सी एस्टन भिल्लासँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा लिभरपुलले घरेलु मैदानमा वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको छ।
  • लिभरपुलका रायन ग्राभनबर्क र फ्लोरियन विट्जले एक-एक गोल गरे भने वुल्भ्सका सान्टियागो बुएनोले एक गोल फर्काए।
  • चेल्सी घरेलु मैदानमा एस्टन भिल्लासँग २-१ गोलअन्तरले पराजित भएको छ र भिल्ला तेस्रो स्थानमा छ।

१३ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वुल्भसलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले वुल्भ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा रायन ग्राभनबर्क र फ्लोरियन विट्जले १-१ गोल गरे । वुल्भ्सका सान्टियागो बुएनोले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ४१औं मिनेटमा ग्राभनबर्कको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै विट्जले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५१औं मिनेटमा बुएनोले वुल्भ्सका लागि गोल फर्काएपनि त्यसपछि कुनै गोल भएनन् ।

जितपछि लिभरपुल १८ खेलमा ३२ अंक जोडेर चौथो स्थानमा छ । वुल्भ्स २ अंकसहित २०औं स्थानमा छ ।

चेल्सी पराजित

गएराति नै भएको अर्को खेलमा चेल्सी भने पराजित भएको छ । चेल्सी घरेलु मैदानमै एस्टन भिल्लासँग २-१ गोलअन्तरले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता लिएपनि चेल्सीले जोगाउन सकेन। ३७औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६३औं र ८४औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै एस्टन भिल्लालाई पुनरागमन जित दिलाए ।

जितपछि भिल्ला १८ खेलमा ३९ अंकसहित तेस्रो स्थानमा यथावत् रहँदा चेल्सी २९ अंकसहित पाँचौं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय