+
+
Shares

रवि–बालेन मिल्नुलाई अनौठो मान्नु पर्दैन : धनराज गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १२:५३
फाइल तस्वीर

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह मिल्नु कुनै अनौठो नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले रास्वपा सभापति रवि लामिछाने र शाहबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए ।

उनले राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्नेकुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए ।

उनले राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने बताए ।

राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको बताए ।

‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् ? राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौती हो । हरेक चुनौतीको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौति, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर को-को मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन ।’

उपसभापति गुरुङले राजनीति सरल ढंगबाट अघि नबढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?