+
+
Shares

नागार्जुनमा उत्पादित रायोको सागमा ९९ प्रतिशत बढी विषादी

सरकारले उक्त विषादीको प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी भेटिएको जनाएको छ।
  • विभागले नागार्जुन नगरपालिकाका ५ वटा तरकारी फार्ममा परीक्षण गर्दा एक फार्मको रायो सागमा ९९.५२९ प्रतिशत अर्गानोफस्फोरस विषादी भेटिएको छ।
  • सरकारले ३५ प्रतिशतभन्दा कम विषादी मात्रालाई मात्र उपभोगयोग्य मानेको हुँदा उक्त फार्मको रायो साग खान अयोग्य ठहर गरी बिक्री नगर्न निर्देशन दिइएको छ।

१३ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा उत्पादन हुने रायो सागमा उच्च मात्रामा विषादी भेटिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नागार्जुन नगरपालिकाका–६ र ७ (रामकोट) का ५ वटा तरकारी फार्ममा विषादी परीक्षण गरेको थियो ।

विभागले ५ वटा फार्मका साग र गोलभेँडा गरी १४ वटाको नमुना संकलन गरी मोबाइल खाद्य प्रयोगशाला भ्यानमा जीवनाशक विषादीको अवशेष परीक्षण गर्दा ४ वटा फार्मको रायो साग र गोलभेँडा मापदण्डभित्र रहे पनि एक फार्मको सागमा अत्यधिक मात्रामा विषादी रहेको पाइएको हो ।

परीक्षण क्रममा सक्रिय कृषि तथा पशुपन्छी फार्ममा उत्पादित रायोको सागमा अर्गानोफस्फोरस वर्गको विषादी ९९.५२९ प्रतिशत भेटिएको छ ।

सरकारले उक्त विषादीको प्रतिशत दर ३५ भन्दा कम हुँदा मात्रै उपभोगयोग्य मानेको छ ।

अत्यधिक मात्रामा विषादी भेटिएको उक्त फार्मको रायोको साग खान अयोग्य मानिएकाले बिक्री नगर्न निर्देशन दिइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?