News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
- कम्पनीको सञ्चालक समितिको ११ पुसमा बसेको ३६०औं बैठकले २० करोड १२ हजार ५ सय ९२ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो।
- लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र ३२औं वार्षिक साधारणसभाको पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
१३ पुस, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको ११ पुसमा बसेको सञ्चालक समितिको ३६०औं बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपैयाँको ८ प्रतिशतले हुन आउने २० करोड १२ हजार ५ सय ९२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित नगद लाभांश बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी ३२औं वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले यस सम्बन्धी जानकारी नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई समेत गराइसकेको छ।
प्रतिक्रिया 4