News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ र उपाध्यक्षमा डा. गुरुशरण साह २१३ मतसहित अगाडि छन्।
१३ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा उपाध्यक्षमा डा. गुरुशरण साह २१३ मत ल्याएर अगाडि देखिएका छन् । त्यसैगरी डा. कुञ्जाङ शर्पाले १३१ र डा. अजय सिंह थापाले ३५ मत प्राप्त गरेका छन् ।
सदस्यमा डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन् । सदस्य पदका ३३ उम्मेदवारमध्ये डा. सारिका गोइतले २२९ मतसहित अगाडि छिन् ।यो संख्या अन्य प्रतिस्पर्धीको तुलनामा सबैभन्दा बढी देखिन्छ ।
निर्वाचनमा काठमाडौं उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो ।
काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौं बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो ।
उपाध्यक्षको मत
डा. गुरुशरण साह : २१३
डा. कुञ्जाङ शर्पा : १३१
डा. अजय सिंह थापा : ३५
सदस्यहरूको मत
१.डा. सारिका गोइत : २२९
२.डा. योविन कुमार यादव : १९१
३.डा. छबी लाल पन्थी : १५२
४.डा. सरोज कुमार साह : १४७
५.डा. दिपेन्द्र पाण्डे : ११४
६.डा. उज्वल ठाकुर : ११०
७.डा. सम्राट पराजुली : १०५
८.डा. सरोज कुमार गोहीवार : १०४
९.डा. घनश्याम पाण्डे : १०२
१०.डा.अस्मिता पोखरेल : ९६
११.डा. प्राची भगत : ९५
१२.डा. रबिन बस्नेत : ९१
१३.डा. ध्रुव नारायण साह : ८८
१४.डा. बुद्धिनाथ शाह : ७१
१५.डा. कुम्भराज जोशी : ७१
१६.डा. निना राई : ५६
१७.डा. प्रताप कुमार रोय : ५७
१८.डा. प्रमोद कुमार साह : ५१
१९.डा. दिपेश पौडेल : ४९
२०.डा. निशान भुर्तेल : ४७,
२१.डा. सरस्वती भट्टराई : ४४
२२.डा. राम थापा क्षेत्री : ४२
२३.डा. बुद्धि प्रसाद भण्डारी : ४०
२४.डा. दिक्षान्त आचार्य : ४०
२५.डा. दिनेश कुमार बी. के. : ३८
२६.डा. विजय विक्रम बम : ३६
२७.डा. कुन्दन शेखर शर्मा : ३६,
२८.डा. अरुण कुमार महत : ३१
२९.डा. बुद्धि मान तामाङ : ३१
३०.डा. हरि प्रसाद रिजाल २६,
3१.डा. उत्तम कुमार गौतम २२,
३२.डा. दिनेश दर्नाल : २०
३३.डा. प्रकाश सिंह : १८
प्रतिक्रिया 4