+
+
Shares

उपभोक्ता हितविपरीत काम गर्ने ३ फर्मलाई १ लाख १० हजार जरिबाना

आइतबार विभागले काठमाडौं र ललितपुरका १७ उद्योग तथा फर्म अनुगमन गरी जरिबाना र निर्देशन जारी गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १८:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका १७ उद्योग तथा फर्मलाई बजार अनुगमन गरी जरिबाना र निर्देशन जारी गरेको छ।
  • तीन फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार १ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको विभागले बताएको छ।
  • सम्झना अचार उद्योगलाई १० हजार रुपैयाँ र आरोहण फेसन क्राफ्ट र साधना सप्लायर्सलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ।

१३ पुस, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा कानुन विपरीत सञ्चालन भएका विभिन्न फर्मलाई कारबाही गरेको छ ।

आइतबार विभागले काठमाडौं र ललितपुरका १७ उद्योग तथा फर्म अनुगमन गरी जरिबाना र निर्देशन जारी गरेको हो ।

विभागका अनुसार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ बमोजिम कसुर गरेको पाइएका तीन फर्मलाई १ लाख १० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

विभागले काठमाडौं-३ मा रहेको सम्झना अचार उद्योगलाई ऐनको दफा १५ र ३८ (घ) बमोजिम १० हजार रुपैयाँ जरिबाना गरेको छ ।

यस्तै काठमाडौं-१६ मा रहेका आरोहण फेसन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ ।

अनुगमन क्रममा काठमाडौं-१४ मा रहेका सियो धागो मेनुफ्याक्चरर्स प्रालि, अलयोर अटाएर प्रालि र हाई फेसन नेपाल प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

त्यसैगरी आश्विन ट्रेड स्टोर, दाजुभाइको खाजा घर, ओम साईराम फेल्ट प्रडक्ट, अटोवेज प्रालि, द नेपाल डिस्टिलरिज, मारुती क्रिएसन्स, एनएम रेडिमेड, केशव बिजनेस कन्सेप्ट, जेजे मार्बल हाउस र भाजुरत्न एजेन्सी लगायत फर्मलाई अनुगमन क्रममा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

‘स्वच्छ र प्रतिस्पर्धी बजार : उपभोक्ता संरक्षणको दिगो आधार’ भन्ने नारासाथ विभागले बजार अनुगमनलाई तीव्रता दिँदै आएको छ ।

पछिल्लो समय विभागले उत्पादनमा मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको, एमआरपी नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?