+
+
Shares

किन दोहोरियो दयाहाङ र सिर्जनाको जोडी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते २०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'मिरमिरे' १ माघदेखि रिलिज हुने छ जसमा दयाहाङ राई र सिर्जना निङलेखुको जोडी पुनः पर्दामा देखिनेछ।
  • निर्देशक याम शेर्पाले सहजता र पात्रको मागका कारण दयाहाङ र सिर्जनालाई आफ्नो नयाँ फिल्ममा दोहोर्‍याएको बताए।
  • फिल्ममा प्रकाश सपुतको पहिलो सहकार्य छ र टिजरले बुवाको छोरीप्रति गरेको संघर्ष र माया देखाएको छ।

काठमाडौं । १ माघदेखि रिलिज हुने फिल्म ‘मिरमिरे’ मा दर्शकले पुनः दयाहाङ राई र सिर्जना निङलेखुको जोडीलाई पर्दामा हेर्न पाउनेछन् ।

यसअघि पनि यी दुईले याम शेर्पाको डेब्यू निर्देशकीय फिल्म ‘कार्साङ’ मा यी दुईलाई दर्शकले एकसाथ देखेका थिए । संयोगवश के भैदियो भने, यी दुईलाई दर्शकले यामको अघिल्लो फिल्ममा पनि देखे ।

शेर्पाले किन आफ्नो नयाँ फिल्ममा पनि ती कलाकारलाई दोहोर्‍याए ? ‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,” शेर्पा भन्छन्, ‘दोस्रो कुरा दयाहाङ राई यसै भने सबैले रुचाएको सर्वप्रिय नायक हुनुहुन्छ । नायिकाको सन्दर्भमा पहिलो सिनेमामा सँगै काम गरेकाले सहज हुने कुराले दोहोर्‍याएको हो ।”

कथाले पनि दुबैजना जस्तै पात्र मागेकाले स्क्रिप्टमा बस्दादेखि नै आफ्नो दिमागमा दयाहाङ र सिर्जना रहेको उनले सुनाए । कथाको माग र पहिले पनि सँगै काम गरेकाले सहजताको आशाले उनी फर्किएको शेर्पा बताउँछन् ।

फिल्मको शीर्ष भूमिकामा प्रकाश सपुत पनि छन् । दयाहाङ र प्रकाशको भने यो पहिलो सहकार्य हो । फिल्ममा साइसा गौचन अर्की महत्वपूर्ण भूमिकामा छिन् ।

उनले दयाहाङको छोरीको भूमिका निर्वाह गरेकी छन् । केही समयअघि सार्वजनिक गरिएको टिजरले छोरीका लागि बाउले गरेको संघर्ष देखाएको छ ।

जसमा आमाले घर छोडेपछि छोरी र बुवा मात्रै घरमा हुन्छन् । सानी छोरी, जो आफैँ केही गर्न सक्दिनन्, उनका लागि सबै बुवाले नै गर्नुपर्छ । छोरीको स्याहार, घरको काम, छोरीको स्कूल र आफ्नो जागिर कसरी एक्लै बुवाले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य देखिन्छ ।

छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरमिरे’ को निर्माण टिम ढुक्क छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मको सह-निर्मातामा गोविन्द बोहरा र सुदीप कुवँर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?