+

एकै खेलमा ८ विकेट लिएर भुटानका सोनामले बनाए विश्‍व कीर्तिमान

२०८२ पुष  १४ गते १२:०५ २०८२ पुष १४ गते १२:०५
एकै खेलमा ८ विकेट लिएर भुटानका सोनामले बनाए विश्‍व कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भुटानका स्पिनर सोनाम येशेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८ विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन्।
  • सोनामले म्यानमारविरुद्धको खेलमा ४ ओभरमा ७ रन दिएर ८ विकेट लिएर म्यानमारलाई ४५ रनमै अलआउट गराएका थिए।
  • सोनामले ४ खेलमा १२ विकेट लिइसकेका छन् र भुटानका नाम्गे थिन्ले टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो भुटानी बनेका थिए।

१४ पुस, काठमाडौं । भुटानका बायाँहाते स्पिनर सोनाम येशेले क्रिकेट इतिहासमै पहिलो पटक टी–२० खेलमा ८ विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन्। अन्तर्राष्ट्रियदेखि लिएर कुनै पजि टी–२० खेलमा हालसम्म यो उपलब्धि कसैले हासिल गर्न सकेको थिएन।

२२ वर्षीय येशेले शुक्रबार गेलफुमा भएको म्यानमारविरुद्धको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभर बलिङ गर्दै ७ रन मात्र दिएर ८ विकेट लिए। भुटानले बनाएको १२७ रनको लक्ष्य पछ्याउँदै म्यानमारको टोली ४५ रनमै अलआउट भयो।

यो एकतर्फी सिरिजमा येशेले अहिलेसम्म ४ खेलमा १२ विकेट लिइसकेका छन्। सिरिजको अन्तिम खेल सोमबार हुँदैछ।

यसअघि पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ७ विकेट लिने काम केवल दुई जनाले मात्र गरेका थिए । मलेसियाका स्याजरुल इद्रुसले चीनविरुद्ध २०२३ मा ८ रन दिएर ७ विकेट लिएका थिए भने बहराइनका अली दाउदले भुटानविरुद्ध २०२५ मा १९ रन दिएर ७ विकेट लिएका थिए ।

अन्तर्राष्ट्रिय बाहेकका टी–२० खेलमा पनि यो उपलब्धि केवल दुई पटक मात्र हासिल भएको छ । सन् २०१९ मा नेदरल्यान्ड्सका कलिन एकरम्यानले तथा २०२५ मा बंगलादेशका तास्किन अहमदले ७ विकेट लिएका थिए ।

सोनाम येशेले जुलाई २०२२ मा मलेसियाविरुद्ध टी–२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए, जहाँ उनले पहिलो खेलमै ३ विकेट लिएका थिए। त्यसपछि विकेटको गति केही सुस्त भए पनि, हालसम्म उनले ३४ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३७ विकेट लिइसकेका छन्।

केही दिनअघि यही शृंखलामा भुटानका नाम्गे थिन्ले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउने पहिलो भुटानी खेलाडी बनेका थिए ।

कीर्तिमानी बलिङ सोनाम येशे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय