+
+
Shares

केन्द्रीय बैंकको २५ अर्बको ‘राष्ट्र बैंक ऋणपत्र’ निष्कासन

केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र मार्फत वित्तीय प्रणालीको तरलता खिच्ने काम सुरु गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन गर्न राष्ट्र बैंक ऋणपत्र जारी गरेको छ।
  • ऋणपत्र २५ अर्ब रुपैयाँ बराबरको एक वर्षमा परिपक्व हुने र वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्ने छ।
  • ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ लगानी गर्नुपर्ने र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ।

१४ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलतालाई दीर्घकालीन व्यवस्थापन सुरु गरेको छ ।

केन्द्रीय बैंकले राष्ट्र बैंक ऋणपत्र मार्फत वित्तीय प्रणालीको तरलता खिच्ने काम सुरु गरेको हो ।

केन्द्रीय बैंकका अनुसार २५ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र एक वर्षमा परिपक्व हुनेछ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ क’ नामको  ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले लगानी गर्न सक्छन् ।

बोलकबोल माध्यबाट ब्याजदर निर्धारण हुने उक्त ऋणपत्रका लगानीकर्ता अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पनि केन्द्रीय बैंकले जनाएको छ ।

न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने छ ।

ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले उक्त रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।

तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा उक्त रकम गणना गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासन मितिमा काउन्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए त्यस्ता काउन्टरपार्टीको स्वीकृत बोल रकम रद्द गरी त्यसको २.५० प्रतिशत दरले हर्जाना सहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोर अन्तर्गत कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाइने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?