+
+
Shares

नेवानिको ‘न्यारो बडी’ जहाज इन्जिन सट्टापट्टा गर्न इजरायल जाँदै

इन्जिन तथा प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता जहाज काठमाडौं आउने तालिका छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमको ए३२०-२०० सिरिजको न्यारो बडी जहाज इन्जिन सट्टापट्टाका लागि इजरायल जान लागेको छ।
  • निगम प्रवक्ता अर्चना खड्काका अनुसार, आईएमआईसँगको ‘मेन्टिनेन्स विथ लिज सपोर्ट’ सम्झौतामा आधारित वार्तापछि जहाज इजरायल पठाउन लागिएको हो।
  • इन्जिन र प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता जहाज काठमाडौं फर्कने निगमले जनाएको छ।

१४ पुस, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) को एक थान ‘न्यारो बडी’ जहाज इन्जिन सट्टापट्टा गर्न इजरायल जाने भएको छ ।

निगम प्रवक्ता अर्चना खड्काका अनुसार निगम र इजरायलस्थित आईएमआईबीच विद्यमान ‘मेन्टिनेन्स विथ लिज सपोर्ट’ सम्झौताका आधारमा वार्ताका माध्यमबाट समझदारी भएपछि जहाज इजरायल पठाउन लागिएको हो ।

नेवानिको ‘ए३२०-२००’ सिरिजको न्यारो बडी जहाज आज इजरायल पुग्ने कार्यक्रम रहेको समेत उनले बताइन् । इन्जिन तथा प्राविधिक प्रक्रिया पूरा भएपछि जनवरी दोस्रो साता जहाज काठमाडौं आउने तालिका छ ।

नेवानि उच्च व्यवस्थापनको निरन्तरको प्रयासले लामो समयदेखि विवादमा रहेको विषय टुंगिएको र इन्जिन सट्टापट्टा  गर्ने प्रक्रिया अगाडि बढेको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?