News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा जिल्ला कालिका गाउँपालिकाले अल्ट्रा ट्रेल धावक दावा तामाङलाई यूटीएमबी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएपछि सम्मान गरेको छ।
- दावाले अस्ट्रेलियामा कोस्की १०० अल्ट्रा ट्रेलमा १४ घण्टा ९ मिनेट २५ सेकेन्डमा १ सय किलोमिटर दूरी पूरा गरी विश्व च्याम्पियनसिपमा छनोट भएका हुन्।
- कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र उपाध्यक्ष मिरा तामाङले दावालाई सम्मान पत्र प्रदान गरेका छन्।
१४ पुस, काठमाडौं । रसुवा जिल्ला कालिका गाउँपालिकाको १८औं अधिवेशनका अवसरमा अल्ट्रा ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरिएको छ ।
अस्ट्रेलियामा गत नोभेम्बरमा भएको कोस्की १०० अल्ट्रा ट्रेल कोसियुस्को (यूटीएमबी) मा सहभागी भई यूटीएमबी वर्ल्ड च्याम्पियनसिपका लागि छनोट भएकोमा दावालाई सम्मान गरिएको हो ।
दावाले १ सय किलोमिटर दूरी १४ घण्टा ९ मिनेट २५ सेकेन्डमा पूरा गरी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जनाइएको छ । दावा कालिका गाउँपालिका वडा १ का अध्यक्ष हुन् ।
‘तपाईंले खेल क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै गाउँपालिका र देशको प्रतिष्ठा बढाउने कार्य गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै आगामी दिनमा उज्ज्वल भविष्यको कामनाका साथ खेल क्षेत्रमा थप सक्रियता र सहयोगको अपेक्षा राख्दछौं’ दावालाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।
दावा आफ्नो व्यवसाय र खेलक्षेत्रमा विगत २० वर्षदेखि सक्रिए छन् । वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको थियो ।
कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङलगायतले दावालाई सम्मान गरे ।
प्रतिक्रिया 4