News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा प्रदूषण मापदण्ड विपरीत खुलेआम सवारीसाधन गुड्ने गरेको पुष्टि भएको छ।
- वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ५६ सवारी परीक्षण गर्दा ३२ सवारी कारबाहीमा परेका छन्।
- कार्यालयले सवारीसाधनको अवस्था जाँच गरी दुुरुस्त अवस्थामा राख्न र सवारी चलाउन भनेको छ।
१४ पुस, काठमाडौं । काठमाडौंमा प्रदूषण मापदण्ड विपरीत खुलेआम सवारीसाधन गुड्ने गरेको पाइएको छ ।
वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटिएको टोलीले आज गरेको जाँचमा यो पुष्टि भएको हो । कुल ५६ सवारी परीक्षण गर्दा मापदण्ड भन्दा बढी धुँवा फाल्ने ३२ सवारी कारबाहीमा परेका हुन् ।
ट्राफिक प्रहरीका अनुसार काठमाडौंको एयरपोर्ट गेट सडकमा गरिएको चेकिङमा समेत ३२ सवारी कारबाहीमा परेका छन् ।
उता, कीर्तिपुरमा गरिएको जाँचमा ५६ सवारीमध्ये ३२ मापदण्डमा फेल भएको देखिएको छ । मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्ने र यसले मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयले सवारीसाधनको अवस्था जाँच गरी दुुरुस्त अवस्थामा राख्न र सवारी चलाउन समेत भनेको छ ।
प्रतिक्रिया 4