+

बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता सुरु

२०८२ पुष  १४ गते २०:१५ २०८२ पुष १४ गते २०:१५
बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा नवौं रुपन्देही जिल्लास्तरीय खुल्ला स्नुकर प्रतियोगिता पुस १४ मा सुरु भएको छ।
  • प्रतियोगितामा १२८ खेलाडी सहभागी छन् र उपाधि विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
  • बुटवल उपमहानगरपालिकाले खेलकुदका लागि चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

१४ पुस, बुटवल । बुटवलमा नवौं रुपन्देही जिल्लास्तरीय खुल्ला स्नुकर प्रतियोगिता सुरु भएको छ । नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

पुस २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रूपन्देही जिल्लाका १२८ जना खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँ तथा उपविजेताले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

यसैगरी सर्वाधिक ब्रेकरलाई नगद २० हजार रुपैयाँ तथा राइजिङ प्लेयर र अनुशासित खेलाडीलाई नगद ५/५ हजार र स्टीक प्रदान गरिने उनले बताए ।

प्रतियोगिताको सोमबार खस्यौली स्नूकर क्लबमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले उपमहानगरले शिक्षा, स्वास्थ्यसँगै खेलकुदलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

बुटवलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अब्बल खेलाडी उत्पादन भइसकेको बताउँदै नगर प्रमुख पाण्डेयले उपमहानगर भित्र स्नुकर खेलका लागि स्थायी संरचना आवश्यक भएको बताए ।

उपमहानगरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न यसवर्ष ४ करोड बजेट बिनियोजन गरिएको पाण्डेले बताए । आयोजक संघका अध्यक्ष सुजन पुनले स्नुकर खेलको हब भएकाले खेलको विकास, खेलाडी उत्पादन र खेलाडीलाई प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

संघका महासचिव प्रकाश क्षेत्रीले प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च अनुमान गरिएको बताए । उद्घाटन समारोहमा बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पिया, संघका उपाध्यक्ष बासु प्रधान, महासचिव प्रकाश क्षेत्रीले स्नूकर खेल अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित खेल भएपनि नेपालमा ओझेलमा परेको गुनासो गरे ।

संघको आयोजनामा प्रत्येक वर्ष रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिता हुँदै आएको छ भने गतवर्ष बुटवलमा राष्ट्रिय स्तरको स्नुकर प्रतियोगितासमेत सम्पन्न भएको थियो ।

जिल्लास्तरीय खुल्ला स्नुकर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय